Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Thursday, August 20, 2015

छोरी पाउदा मर्नेगरी कुटपिट


छोरी पाउदा मर्नेगरी कुटपिट

झापा : झापाको बिर्तामोड नगरपालिका निवासी एक व्यक्तिले १९ वर्षीया श्रीमतीलाई छोरी मात्र जन्माएको र माइतबाट दाइजो नल्याएको भन्दै गएराति मरणासन्न हुनेगरी कुटपीट गरेर फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारी अनुसार बिर्तामोड नगरपालिका – ७ निवासी ज्यावुल हकले श्रीमती आश्मा खातुनलाई कुटपीट गरी फरार भएका हुन् । उनले गएराति श्रीमतीलाई टाउकोमा मुग्रो प्रहार गरी बेहोस बनाएर फरार भएको खातुनकी आमा नागेश्वराले बताए । खातुन एक महिनाकी सुत्केरी हुन । छोरीले पहिलो सन्तान छोरी जन्माएको र दोस्रो सन्तानपनि छोरी नै जन्मिएपछि कहिले माइतबाट दाईजो कम ल्याएको त कहिले छोरी – छोरी मात्र जन्माइस भन्दै ज्वाईले कुटपीट गर्नु हुँदो रहेछ नागेश्वराले भने ।

श्रीमानको कुटाईबाट आश्माको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले बिर्तामोडस्थित सामुदायिक तथा विद्यार्थी स्वास्थ्य सरोकार केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका चिकित्सक मनुराम चिमरियाले आश्माको टाउकोबाट अत्याधिक रक्तश्राव भएका कारण उनमा रगतको कमीले एनेमिया देखापरेको बताए । ज्यावुलले श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपीट गरेर फरार भएकाले उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी राउतले बताए ।

-- नेपालीसमाचार.डटकमnepaliSamachar
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments: