Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Monday, June 24, 2013

दक्षिणतिरबाट आशिर्वाद जब प्राप्त हुदैन, उहाँ जो नेपाली नेताहरुलाई तब के हुन्छ ..




From: The Himalayan Voice <himalayanvoice@gmail.com>
Date: 2013/6/24
Subject: दक्षिणतिरबाट आशिर्वाद जब प्राप्त हुदैन, उहाँ जो नेपाली नेताहरुलाई तब के हुन्छ ..



दक्षिणतिरबाट आशिर्वाद जब प्राप्त हुदैन, उहाँ जो नेपाली नेताहरुलाई तब के हुन्छ ..
____________________________________


सोनिया गान्धीहरुबाट विशेष भेट र सम्मान प्राप्त गर्न सफल, अब अत्यन्त उत्साही, शेर बहादुर देउबाहरुले चुनाव जित्ने चित्र साफ देखिन था'लो त बा ! कुरो अबको ६ महीनापछि चाइञ्जो क्यारे शेर बहादुर देउबाहरु चौथो पटक पुनः नेपालको प्रधानमन्त्री हुने सम्भावना बढेर गो । सोनिया गान्धीहरुले 'कुनै सरकारी पदमा बहाल नभएको अवस्था'मा माने 'बहानामा' दुबै मओवादी प्रधानमन्त्रीहरुलाई भेटन अनिच्छुक भैदिएपछि, उहाँहरुलाई माने, दुबै मओवादी प्रधानमन्त्रीहरुलाई, वैद्यहरु मिल्नै आए पनि चुनाव जित्न फलामको च्युरा हुने भो छर्लंगै । 

अनि तराईवादीहरु जो छन् सोहरु, अझै आशिर्वाद प्राप्त गर्ने स्थितिमा दृष्टिगोचर हुदैनन् कारण उनीहरुको पार्टी माने 'गुट'मा 'पार्टी' छैन र तिनमा कुनै खास राजनीति र त्यसको सैद्धान्तिक आधारको अभाव टड्कारै देखिएपछि साम्प्रदायिकता भड्काएर कोही किन अफ्ठ्यारोमा पर्न चाहन्छ आफै? उत्तर पूर्वी भारत, पन्जाब र कश्मिरको समस्याले 'उहा भारत महोदय' आफै प्रताडित र पीडित रहनु भएकै छ । अनि हाल अलिकति चर्चामा आएका आदिबासी जनजाति भनिएकाहरु पनि दशथरि र दशमुखका भएकाले र तिनका राजनीतिक सिद्धान्त र आर्थिक विकास कार्यक्रमहरुको अस्पष्टताका कारण उनीहरुबाट पनि माखो मर्ला जस्तो लाग्दैन । 

भारतमा अहिलेको युपिए सकार चरम भ्रष्टाचार र घोटाला माथि घोटालाका कारण सन् २०१४ मा नरेन्द्र मोदीहरुले चुनाव जित्ने स्थिति आवरणमा देखिएपनि २००२ को गुजरांत दंगाको भूतले सारा भारतलाई अझै पनि तर्साइरहेकै छ । त्यसको परिणाम मोदीहरुलाई अमेरिकाले अझै स्वीकार गरेको छैन, माने भिसा-सिसा (प्रवेशाज्ञा) पनि दिन मानेको छैन । त्यसैले घरानीया राजनीतिको परम्परा र बोलवाला भएको दक्षिण एसियामा राहुल गान्धीहरुले चुनाव जित्दैनन् भन्न मिल्दैन अहिल्यै । 

चीनको जत्ति सुकै प्रगति वा उन्नती भएपनि नेपालले भारतसंग नजिकको सम्बन्ध कायम राख्नै पर्दछ । त्यसो त तिब्बतको कारण राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा टाउको दुखाई र नानाथरी व्यवधान व्यहोरी रहेको चीन नेपालमा आदिवासी जनजातिहरुले मागेका यावत् कुराहरुमा समर्थक रहनै सक्दैन । नेपालका आदिवासी जनजातिको राजनीति गर्नेहरुलाई दक्षिणतिरबाट माया, प्रेम र सदभाव प्राप्त हुनु अपरिहार्य छ । तर त्यो यत्ति छिटै कसरी प्राप्त हुन्छ र ? 

त्यसैले, देउवा झन् दमदार देखा पर्न लागेका हुन् । देउवा दलित, उत्पीडित एवम् आदिवासी जनजातिहरुप्रति सकारात्मक छन् । देउवालेनै हो २०५२ सालमा दलित उत्पीडित एवम् आदिवासी जनजातिहरुका निम्ति कार्यदल गठन गराईवरिकन उनीहरुलाई आजको अवस्थामा आउन मद्दत गरेको । 

अस्तु ।


--
The Himalayan Voice
Skype: thehimalayanvoice
[THE HIMALAYAN VOICE does not endorse the opinions of the author or any opinions expressed on its pages. Articles and comments can be emailed to: himalayanvoice@gmail.com, © Copyright The Himalayan Voice 2013]


No comments: