Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Tuesday, July 14, 2015

कांग्रेस-एमाले नेताका अस्पतालले ५८ करोड बुझे

कांग्रेस-एमाले नेताका अस्पतालले ५८ करोड बुझे

काठमाडौं— उपचारका लागि सर्वसाधारणको सधैँ भिड हुने वीर र त्रिवि शिक्षण अस्पताल दैनिक खर्च जुटाउन र कर्मचारीलाई तलब खुवाउन संघर्षरत छन्। दैनिक लाखौं सर्वसाधारणको स्वास्थ्य जाँच्ने ती अस्पतालको स्तर वृद्धिबारे सरकारले केही सोचेको छैन। तर मुख्य राजनीतिक दल कांग्रेस, एमालेका प्रभावशाली नेताहरुको लगानी भएका अस्पताललाई स्वास्थ्य मन्त्रालयले कराेडाैं रकम दिएको खुलासा भएको छ।

स्वास्थ्य मन्त्रालयको आफ्नै प्रतिवेदनअनुसार नेताका अस्पताललाई करोड ५८ करोड ९० लाख रुपैयाँ अनुदान दिइएको हो। चालू आर्थिक वर्षमा नेताका ३५ अस्पताललाई दिइएको सो रकम पाउनेमध्ये एमाले नेता संलग्न अस्पतालको संख्या बढी छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सो रकम वीर अस्पतालले वार्षिकरुपमा पाउँदै आएको सरकारी अनुदानभन्दा दोब्बर हो। वीरले वार्षिक ३ लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा पु¥याउने गर्छ त्यसमध्ये ७५ प्रतिशत गरिबले निःशुल्क सेवा पाउने गरेका छन्।

वीरका अधिकारीहरु कर्मचारीलाई तलब खुवाउन नसकेर घाटा व्यहोरिहरहेको बताउँछन्। 'स्वास्थ्य मन्त्रालयले थप अनुदान दिए पनि कर्मचारीलाई तलब खुवाउन सकिएको छैन। हामी अझै घाटामा छौं', वीर अस्पतालका निर्देशक डा. श्यामप्रकाश पण्डित भन्छन्, 'मेडिसिन तथा एसेसोरिज खरिदको ५ करोडभन्दा बढी रकम भुक्तान गर्न बाँकी छ।'

स्वास्थ्य मन्त्रालयले अनुदान बाँड्दा कुन अस्पतालले कति बिरामीलाई सेवा दिएको छ, कतिलाई निःशुल्क उपचार गरेको छ भन्दा कुन नेताको लगानी कहाँ छ भन्ने कुरालाई मापदण्ड बनाएको देखिएको छ। कांग्रेस एमालेका संस्थापक नेताहरूको नाउँमा खुलेका पार्टी केन्द्रित संस्थाहरूले सरकारकी ढुकुटीको रकम कुम्ल्याएका हुन्।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्ष नेपाली कांग्रेस र एमाले नेताहरुले कराेडाैं रकम एक अापसमा बाँडेका छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमाले नेता खगराज अधिकारीले सम्हालिरहेको छ। मन्त्रालयले एमाले नेताहरू सञ्चालक रहेका संस्थालाइ मोटो रकम दिएको छ। सरकार नेतृत्व गर्ने कांग्रेस नेताहरू सञ्चालक रहेका संस्थाहरू पनि सोही हाराहारीमा 'लाभान्वित' भएका छन्। 

स्रोतकाअनुसार एमाले नेताहरुको लगानी र जनस्वास्थ्य सरोकार ट्रस्ट सञ्चालक रहेको पुष्पलाल अस्पतालले ४ करोड रुपैयाँ बुझेको छ। मनमोहन सामुदायिक अस्पतालले ५ करोड रुपैयाँ बुझेको छ भने वीपी आई फाउन्डेसनले १ करोड रुपैयाँ लिएको छ। राष्ट्रिय मृगौला केन्द्रलाई ५ करोड रुपैयाँ दिइएको छ भने झापाको शहीद मेमोरियल अस्पतालले १ करोड र काठमाडौंको शहीद मेमोरियल अस्पतालले ५ करोड रुपैयाँ बुझेका छन्।

स्रोतकाअनुसार महेन्द्र नारायाण निधी अस्पतालले मन्त्रालयबाट ५ करोड रुपैयाँ बुझेको छ। सो अस्पताल कांग्रेसका दिवगंत नेता महेन्द्रनारायण निधीका नाउँमा स्थापना गरिएको हो। उनका पुत्र बिमलेन्द्र निधी अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन्। यसैगरी सुजाता कोइराला अध्यक्ष रहेको सुषमा कोइराला मेमोरियल ट्रष्टले एक करोड रुपैयाँ बुझेको छ। जीपी कोइराला सेन्टर फर रेस्पिरियटरी डिजिजेजले दुई करोड बुझेको छ। त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानले एक रकोड रुपैयाँ बुझेको छ। - See more at: http://nagariknews.com/main-story/story/41590.html#sthash.FTawoJEI.dpuf

No comments: