Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Wednesday, July 8, 2015

Cardinal features of the economy must be included in the forthcoming Constitution of Nepal.अर्थतन्त्र वारे संविधानमा समेटिनु पर्ने मुख्य सुझाउहरू !

अर्थतन्त्र वारे संविधानमा समेटिनु पर्ने मुख्य सुझाउहरू !


(१) नेपाली अर्थतन्त्रको मूलभूत उद्देश्य र दृष्टिकोण: "कृयाशील जनशक्तिको सकृय सहभागितामा तोकिएको समय सारिणी भित्र निजी क्षेत्र र राज्यको सहभागितामा प्रत्येक 

व्यक्ति र परिवारलाई उच्च गुणस्तरको जीवन सुनिश्चित गर्दै आर्थिक रूपले सम्वृद्धिशाली राष्ट्रको निर्माण गरिने छ।"


(२) नीति: "अहिलेको युग पारस्परिक निर्भरता र प्रतिस्पर्धाको युग भएकोले राष्ट्रिय श्रोत र साधनलाई प्रभावकारी रूपमा अधिकतम प्रयोग गर्दै पारस्परिक निर्भरता र प्रतिस्पर्धाको 

आधारमा विश्वव्यापीकरण र उदारीकरणवाट फाईदा उठाई उच्च, दिगो र समावेशी आर्थिक वृद्धि दर हांसिल गर्ने र निरपेक्ष गरीवीको रेखा मुनि रहेका जनतालाई पूर्ण सामाजिक 

न्याय, सुरक्षा र कल्याणको प्रत्याभूति हुने नीति प्रतिपादन गरिने छ।"


(३) रणनीति: "हिमाल, पहाड र तराईमा विध्यमान राष्ट्रिय सम्पति र आर्थिक संभाव्यतालाई एकिकृत रूपमा गरीवी निवारणको निमित्त अधिकतम सदुपयोग गर्ने र संभाव्य क्षेत्रहरू 

(जल-विद्ध्युत, पर्यटन, जैविक विविधता, कृषि, जन-शक्ति र निर्यात-जन्य वस्तुहरूको निर्यात प्रवर्धन)मा "विशेष आर्थिक क्षेत्र" मार्फत वैदेशिक लगानी आकर्षण र आन्तरिक 

लागानी प्रवर्धन गर्दै मुलुकलाई अल्पविकसित स्तरवाट विकासोन्मुख मुलुकहरूको दांजोमा पुर्‍याउने र क्रमश: कुल गार्हस्थ्य उत्पादन र प्रति-व्यक्ति आयको आधारमा मध्यम-

स्तरीय मुलुकको स्तरमा पुर्‍याउने तथा दीर्घकालिन रूपमा आर्थिक रूपले सम्वृद्धिशाली राष्ट्रको निर्माण गरिने रणनीति अवलम्वन गरिने छ।"


(४) मौलिक अधिकार: कुनै पनि नेपाली नागरिकलाई नेपाल भित्र आफ्नो पुंजी, श्रम, कच्चा पदार्थ र प्रविधि संयोजन गरेर उत्पाकदत्व तथा उत्पादन अभिवृद्धि, निर्यात प्रवर्धन, 

रोजगारी प्रवर्धन, आय आर्जन र राज्यको निमित्त राजस्व परिचालन गर्ने कार्यमा संलग्न हुने मौलिक अधिकार सुरक्षित हुनेछ। कुनै पनि व्यक्ति वा परिवार र निजी क्षेत्र अन्तरगत 

कारोवार गर्ने निकायको सम्पति राष्ट्रियकरण हुने छैन। प्रतिस्पर्धात्मक कर प्रणाली र संरचना प्रतिपादन गरिने छ। कुनै पनि नेपाली नागरिकले नेपाल भित्र कहीं पनि उद्ध्योग, 

व्यापार र सेवा संचालन र सम्पति खरिद-विक्री र वसोवासो निर्वाध रूपले गर्न पाउने छ। मेरो थप प्रस्ताव के छ भने केन्द्रले वार्षिक वजेट विनियोजन गर्दा स्थानीय निकायलाई ३० 

प्रतिसत रकम अनिवार्य उपलव्ध गराउनु पर्दछ र यसको व्यवस्था संविधानमै हुनु पर्दछ।

Regards,
Madan Dahal

___________________________
Prof. Dr. Madan Kumar Dahal
Professor & Former Head, 
Central Department of Economics at Tribhuvan University (TU) &
Former President, Nepal Economic Association &
Chairman, Mega Bank Nepal Ltd.
4th Floor, Rising Mall, Kathmandu

www.megabanknepal.com

No comments: