Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Monday, June 17, 2013

अखण्ड नेपाल पहिलो पार्टी बन्दैछ

अखण्ड नेपाल पहिलो पार्टी बन्दैछ

Published on: Saturday, June 15, 2013 // 

 
कुमार खड्का, अध्यक्ष
अखण्ड नेपाल पार्टी
कुमार खड्का पछिल्लो समय नेपाली राजनीतिमा चर्चित नाम हो । गत जेठ १३ गते काठमाडांै टँडिखेलमा अखण्ड नेपाल पार्टी घोषणा गरेर नेपाललाई अखण्ड, सार्वभौमसत्ता सम्पन्न र हिन्दुहरुको ८१ प्रतिशत बसोबास भएकै कारण हिन्दु राज्य सापेक्षको नारा लिएर आएको पार्टीका अध्यक्ष खड्का हुन् । इन्जिनियरिङ पृष्ठभूमीबाट सामाजिक क्षेत्रहुँदै राजनीतिमा प्रवेश गरेका खड्कासँग नेपालडोरका लागि सुरेन्द्र सुवेदीले गरेको कुराकानीको संपादित अंश । 

अखण्ड नेपाल पार्टी किन र केका लागि खोल्नु भयो ? 
अहिले नेपालको राष्ट्रियता, अखण्डता र सामाजिक सद्भाव खतरामा छ । बचाउन नसके देश नै नरहने अवस्था देखिन्छ । देश गृह युद्धमा पनि फस्ने खतरा छ । यस्तो अवस्थामा सचेत नेपाली भएकै नाताले हामीले राष्ट्रियता, अखण्डता र सामाजिक सद्भावका लागि यो पार्टी स्थापना गरेका हौं । विदेशीलाई जथाभावी नागरिकता वितरण गरिँदैछ, त्यो रोक्नु पर्छ । भ्रष्टचारले जरो गाडेको छ त्यसलाई पनि निमूल पार्ने हाम्रो योजना हो । 

पार्टीले के के गर्दैछ त ? 
हामीले गत जेठ १३ गतेमात्र अखण्ड नेपाल पार्टीको घोषणा गरेका हौं । काठमाडौं खुलामञ्चमा झण्डै एक लाख मानिसबीच यो पार्टीको घोषणा भएको हो । हामी अब संगठन विस्तारमा जुटेका छौं । पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । १८ हजार मतदाताको हस्ताक्षरसहित पार्टी ३९ औं दलमा दर्ता भइसक्यो । 
असार १५ सम्म संगठन सृदृढिकरण अभियान चलाएका छौं । यही समयभित्र ७५ वटै जिल्लामा जिल्ला पार्टी गठन भइसक्नेछ । असार मसान्तभित्र देशका सबै गाविसमा पुग्ने लक्ष्य छ । साउन दोश्रो साताभित्र केन्द्रका विभाग, अञ्चल, राज्य समिति र ५ वटै विकास क्षेत्रमा समितिहरु गठन भइसक्नेछन् । 

तपाइँहरु कस्तो संघीयता चाहनु हुन्छ ? 
हामी संघीयताका पक्ष्यमा छौं । जाति, भाषा र धर्मका आधारमा संघ बनाउन हुन्न । भौगोलिक आधारमा हिमाल, पहाड, नदी, तालको नाम राखेर संघीयता बनाउनु पर्छ । 

कति संघ बनाउनु उचित हुन्छ ? 
हामीले हालका ५ विकास क्षेत्रलाई ५ प्रान्त र काठमाडौं, ललितपुर तथा भक्तपुरलाई मिलाएर केन्द्रीय प्रान्त बनाउने प्रस्ताव गरेका छौं । 

आगामी संविधानसभा निर्वाचन हुनेमा विश्वस्त हुनुहुन्छ ? 
हो । पछिल्लो घटनाक्रमले निर्वाचन हुने देखिन्छ । निर्वाचन नगराए विकल्प पनि छैन । अन्तराष्ट्रिय चासोअनुसार प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार बनेको छ । विदेशी पनि पछिल्लो समय निर्वाचनको पक्षमा देखिएका छन् । त्यसैले निर्वाचन हुन्छ ।  

नेकपा–माओवादीसमेतका दल निर्वाचन विरोधमा छन् नि ? 
अब माओवादी र उपेन्द्र यादवको समूहको पार्टीमा निर्वाचन विथोल्ने शक्ति छैन । अन्य दल त नाममात्रका हुन् । सरकारले चाहेमा निर्वाचन हुन्छ । उनीहरु सरकारसँग प्रतिकार गर्ने हैसियतमा छैनन् । 

निर्वाचनमा कस्तो परिणाम आउने अपेक्षा राख्नु भएको छ ? 
हामीलाई सुरुमा प्रत्यक्ष भन्दा समानुपातिकमा राम्रो सिट आउने विश्वास थियो । पछिल्लो समय हामीलाई प्राप्त शुभेच्छा र सद्भावका कारण समानुपातिकमा १ सुय २० र झण्डै त्यतिकै संख्यामा हाम्रो विजय हुन्छ । हामी एकीकृत नेकपा माओवादीसँग पहिलो दल हुनेमा प्रतिस्पर्धा गर्दैछौं । 

भनेपछि ठूलो दल बन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?
८१ प्रतिशत हिन्दु रहेको देश अनि देशको माया गर्ने ब्राम्हण, क्षत्री, जनजाति, दलितसम्मले हामीलाई साथ दिने प्रतिवद्धता जनाइरहेका छन् । केही आफ्नो पार्टीलाई प्रत्यक्षमा र समानुपातिकमा अखण्ड नेपाललाई मतदान गर्ने भन्दैछन् । यो अवस्थामा हामी सकेसम्म पहिलो नभए दोश्रो ठूलो दल भएर देखाउने छौं ।

No comments: