Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Monday, June 17, 2013

यसरी सम्भव छ निर्वाचन

यसरी सम्भव छ निर्वाचन

Published on: Monday, June 17, 2013 // 

-पर्शुराम काफ्ले-
प्रधानन्यायाधीशका रुपमा रेग्मी अदालत नफर्किने, चार दलीय समिति नरहने र सरकारको हैसियत काम चलाउ भएको घोषणा राष्ट्रपतिबाट गरिने अवस्थामा निर्वाचनमा सबै दल सहभागी हुने परिस्थिति निर्माण हुनसक्छ ।
अन्तरिम मन्त्रीपरिषदले  मंसिर ४ गतेका लागि नयाँ निर्वाचन मिति घोषणा गरेपछि अनेक आशंका र संशयमिश्रीत प्रतिक्रिया सार्वजनिक भएका छन् । वर्तमान सरकारको जन्मदाता चार दलले नयाँ निर्वाचन मिति घोषणा भएकोमा स्वागत गान गाइरहेका छन् भने सरकार गठन प्रक्रियासँग बिमत्ति राख्दै आएका दलहरु निर्वाचनविरुद्ध सडक संघर्षमा ओर्लेका छन् । करिब दश बर्षे रक्तपातपूर्ण हिंसात्मक जनयुद्धको आधिकारिकता बोकेको नेकपा– माओवादी, मधेश आन्दोलनको स्वभाविक हकदार मधेशी जनअधिकार फोरम नेपाल र आदिवासी जनजातिहरुको सेन्टिमेन्ट बोकेको संघीय समाजवादी पार्टीले चुनावी घोषणाको प्रक्रिया र पद्दतिमाथि असहमति व्यक्त गरिसकेका छन् । बृहत राजनीतिक सहमति कायम नभई यथास्थिति (चार दलको निर्णयका आधार)मा घोषित निर्वाचनप्रति प्रकट गरेको असन्तुष्टि र आन्दोलनलाई पूर्णत अस्वीकार गरेर निर्वाचन हुने सम्भावना छैन ।  उनीहरुले चोरी औंला तेस्र्याएसम्म र जे जसरी होस्,  फरक मत प्रकट गरेसम्म नयाँ निर्वाचन हुन्छ भन्ने कुराको विश्वसनीयतासमेत रहनेवाला छैन । यही बेला छिमेकी चीन र भारत, मित्रराष्ट्र अमेरिका, युरोपेली मुलुकहरु, जापान, स्वीटजरल्याण्डलगायतले नयाँ निर्वाचन घोषणा भएकोमा स्वागत गरेका छन् र निर्वाचनमार्फत् नेपालले राजनीतिक स्थायित्व खोज्नुपर्ने 'एकैखाले' प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनीहरुले निर्वाचन घोषणालाई स्वागत गरेर एक हदसम्म रेग्मी सरकारलाई होस्टेमा हैँसे थपेका छन्, तर त्यसका लागि बृहत राजनीतिक सहमतिको महत्व पनि उनीहरुले साथसाथै बुझेका छन् । यहाँ उल्लेखित परिदृष्यको सार के हो भने मंसिर ४ गतेका लागि घोषणा भए पनि निर्वाचन हुने वातावरण बनिसकेको छैन, अहिलेकै राजनीतिक असहमति कायम रहेको अवस्थामा निर्वाचन हुनैसक्दैन । 
सरकारले नयाँ निर्वाचनको मिति जुन तरिकाले घोषणा ग¥यो र त्यसको भोलिपल्ट मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले जसरी अभिव्यक्ति दिए, त्यसले निर्वाचन सुनिश्चित गरेन, बरु अनिश्चिय थपिदिएको छ । निर्वाचन घोषणाले थप राजनीतिक संशय, अविश्वास र प्रश्नहरु जन्माएको छ भने आमरुपमा उत्साह भन्दा बढी प्रश्नका पर्खालहरु खडा भएका छन् । पहिलो, बृहत्तर राजनीतिक सहमति खोज्ने विश्वसनीय राजनीतिक प्रयत्न नहुँदै सरकारले हतारमा किन निर्वाचन घोषणा गर्नुप¥यो ? चुनाव घोषणाको भोलिपल्ट ३१ जेठमा मन्त्रीपरिषद प्रमुख रेग्मीले देशबासीका नाममा सम्बोधन गर्दा दलहरुसँग चरणबद्धरुपमा छलफल गरेको प्रष्टीकरण दिनुभएको छ । तर रेग्मीले आफ्नो सरकारको जन्मदाता चारदल भन्दा बाहिरको राजनीतिक शक्तिलाई मान्यता दिन नचाहनुभएको अथवा त्यो राजनीतिक शक्तिको हैसियत स्वीकार गर्न आवश्यक नठान्नुभएको देखियो । यो सरकार र जन्मदाता चारदलकै गम्भीर भुल हो । इतिहासमा बिरलै भइनरहने संविधानसभाको निर्वाचनको महत्वका बारेमा रेग्मीले देशबासीलाई जे भन्नुभयो, निर्वाचन र लोकतन्त्रको सम्बन्धवारे जे बयानबाजी गर्नुयो, व्यवहारमा चाहिँ यो प्रक्रियामा नेपाली राजनीतिमा हैसियत राख्ने दलहरुलाई ल्याउन इमान्दारीपूर्वक कोसिस गर्नुभएन । असन्तुष्ट दलहरुका आफ्ना राजनीतिक पृष्ठभूमि वा मान्यतालाई स्वीकार गर्नुपर्ने भन्न खोजिएको होइन, तर उनीहरुलाई सहभागी नगराई निर्वाचनले आधिकारिकता नै पाउन सक्दैन । यो आजको यथार्थ हो । रेग्मी सरकारको आधिकारिता वा हैसियतमाथि उनीहरुले आफ्नो कोणबाट गरेका प्रश्नहरुको सम्बोधन हुनुपथ्र्यो । अध्यक्ष रेग्मी, चार दल र राष्ट्रपतिबाट अलग अलग हिसाबले असन्तुष्ट दलहरुको असहमति सम्बोधन गर्ने स्पेश थियो । रेग्मी त्यतातिर जान चाहनुभएन । 
खिलराज रेग्मीले सरकारको स्वतन्त्र हैसियत स्थापित गर्ने मौकाको सदुपयोग गर्न सक्नुभएन बरु, अवैधानिक चारदलीय उच्चस्तरीय राजनीतिक समितिको अधिकारविहीन 'व्यूरोक्र्याट' रुपमा सरकारलाई स्थापित गराउन मनासिब ठान्नुभयो । उहाँले त बहालवाला प्रधानन्यायाधीशको स्वतन्त्र हैसियतमाथि नै प्रश्न उब्जाइदिनुभएको छ र भविश्यमा पनि न्यायालयमा राजनीतिको बर्चस्व स्थापित हुने स्पेश बनाइदिनुभएको छ । 
तर, रेग्मीले  सरकारको विश्वसनीयता स्थापित गर्ने र असन्तुष्ट दल वा समूहहरुलाई विश्वासमा ल्याउने तीनवटा आधारहरु अझै पनि कायम छन् । यसका लागि उहाँको प्रयासमा राष्ट्रपति कार्यालय, चार दलीय समिति र स्वयम् उहाँबाट एकैसाथ तीनवटा सार्वजनिक घोषणा हुनुपर्छ । पहिलो, रेग्मी स्वयम्ले भन्नुपर्छ कि उहाँ निर्वाचन गराइसकेपछि सर्बोच्च अदालत फर्किनुहुने छैन । ३० जेठमा राष्ट्रका नाममा सम्बोधन गर्दा उहाँले यो घोषणा गर्नुपथ्र्यो, अब पनि ढिला भएको छैन । दोस्रो, चार दलका शीर्ष नेताले सार्वजनिकरुपमा भन्नुपर्छ कि उच्चस्तरीय राजनीतिक समिति खारेज भयो । संविधानसभा निर्वाचनसम्बन्धी कानूनमा सहमति गर्न चुकेपछि उनीहरुले यसको अस्तित्व छैन भनेर घोषणा गर्नुपथ्र्यो । सिद्धान्तमा प्रधानन्यायाधीशको सरकार भन्ने, व्यहारमा आफ्ना निर्णय कार्यान्वयन गराएर सरकारलाई पंगु बनाउन खेलेको भूमिकाप्रति चार दलले आत्मालोचना गर्नुपर्छ विश्वासको वातावरण निर्माणका लागि । यति भइसकेपछि राष्ट्रपतिका तर्फबाट पनि वर्तमान सरकारको हैसियत काम चलाउ भएको घोषणा गरिनुपर्छ । यो राजनीतिक सहमतिका लागि गर्नुपर्ने तेस्रो बुँदा हो । अक्सर चुनावी सरकारको हैसियत कामचलाउ प्रकृतिकै हुने हुनाले राष्ट्रपति स्वयम्ले स्पष्ट पार्नुपर्छ । यति भइसकेपछि दलहरुको बीचमा औपचारिक छलफल गर्ने वातावरण तयार हुन्छ र त्यसको अगुवाई संस्थागतरुपमा राष्ट्रपति कार्यालयले लिनुपर्छ । तीनतिरबाट यी सार्वजनिक घोषणा गरिरहँदा अहिले भएको चुनावी प्रशासनीक तयारी काहिँ कतै प्रभावित हुँदैन । प्रधानन्यायाधीशका रुपमा रेग्मी अदालत नफर्किने, चार दलीय समिति नरहने र सरकारको हैसियत काम चलाउ भएको घोषणा राष्ट्रपतिबाट गरिने  अवस्थामा निर्वाचनमा सबै दल सहभागी हुने परिस्थिति निर्माण हुनेछ । सबै राजनीतिक दलहरुको फेस सेभिङ पनि हुन्छ, निर्वाचनसम्मका लागि राजनीतिक निकासको सूत्र यही नै हो । निर्वाचन भइसकेपछि आउने परिणामले भावि राजनीतिको राजमार्ग तयार हुन्छ । त्यसबारे अहिल्यै कसैले चिन्ता लिएर समय खेरफाल्नुपर्ने जरुरी छैन ।
तरूण साप्ताहिक, असार ३, २०७०
For Comment- pkaphle@gmail.com/npdoor@gmail.com

No comments: