Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Saturday, June 13, 2015

३ पार्टी एकिकरण घोषणा सम्बन्धमा संयुक्त प्रेस विज्ञप्ति

प्रिय पत्रकार वन्धुहरू,
नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधतायुक्त समाज हो । यहाँ सदियौँदेखि सबै नेपालीहरूबिच हार्दिकतापूर्ण सम्बन्ध रहँदै आएको छ । के हिमाल के पहाड के तराई÷मधेस हामी सबैमा साझेदारीको भावना रहँदै आएको छ । तर नेपालको राज्यसत्ताले यसलाई आत्मसात गरेन । नेपालको राज्यसत्तामा वर्गीय रुपमा सामन्ती र कमिशनखोर तथा एकाधिकार पुँजीपति वर्ग र जातीय रुपमा वर्ण व्यवस्थामा आधारित उच्च जातिको एकल जातीय प्रभूत्व रह्यो । यसका विरुद्ध नेपाली जनताले पटकपटक वलिदानीपूर्ण सङ्घर्ष गरे, लोकतन्त्रको स्थापना गरे । तर राज्यसत्ताको आधारभूत चरित्र परिवर्तन भएन । लोकतन्त्रको वहालीसँगै समतामुलक समाज निर्माण गर्न तथा जनतालाई शासन सत्ताको मालिक बनाउनसकेन । प्रत्येक आन्दोलन निर्णायक मोडमा पुगेपछि सम्झौतापरस्त शक्तिहरूको हातमा सत्ता हस्तान्तरण भई आन्दोलन बिचैमा तुुहिने गरेको छ । २०६२/६३ सालको जनक्रान्ति, त्यसको पूरकको रूपमा भएको मधेस जन विद्रोह तथा त्यस पश्चात भएका विभिन्न आन्दोलनहरूले नेपाललाई केन्द्रिकृत र एकात्मक ढाँचावाटजातीय तथा क्षेत्रीय पहिचान सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा परिणत गर्ने संवैधानिक व्यवस्था गरेको छ । तर यथास्थितिवादी राजनीतिक शक्तिहरूले त्यसलाई आत्मसात गर्न सकेका छैनन् । उनीहरू पहिचान सहितको सङ्घीय राज्य स्थापना गर्नुको सट्टा मुलुकका उत्पीडित समुदायहरूको ऐतिहासिक थातथलो, तिनीहरूको सघन बसोवास र पहिचानलाई छिन्नभिन्न पार्ने षड्यन्त्र गरिरहेका छन् ।

हालै नेपाली काङ्ग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा माओवादी र फोरम (लोकतान्त्रिक)बिच भएको १६ बुँदे सहमतिले ८ प्रदेशको सङ्घीय संरचना बनाउने, नामाकरणको जिम्मा प्रदेश सभालाई दिने र सीमाङ्कनको जिम्मा सङ्घीय आयोगबनाएर टुङ्गो लगाउने निर्णय गरेको छ । प्रदेशहरूको सङ्ख्या मात्र तोकेर जाने भन्नुको अर्थ सङ्घीयतालाई थाँतीराखी संविधान जारी गर्ने षड्यन्त्र हो । आफ्नो सत्तास्वार्थका लागि देशको मुख्य कार्यभारलाई थाँती राख्नु उपयुक्त हुँदैन ।संविधान सभाले गर्नु पर्ने प्रदेशको नामाङ्कनको जिम्मा प्रदेश सभालाई र सिमाङ्कनको जिम्मा सङ्घीय आयोगलाई दिनु अन्तरिम संविधान २०६३ को धारा १३८ को उल्लङ्घन हो । यो पहिचान पक्षधर जनतामाथिको ठूलो विश्वासघात र धोका हो । यसले देशलाई नराम्ररी आन्तरिक द्वन्द्वमा फसाउने छ । त्यसरी नै शासकीय स्वरूपको सन्दर्भमा नेपालमा पटक पटक असफल सावित भइ सकेको संसदीय व्यवस्थाकै अबलम्बन गरिएको छ भने निर्वाचन प्रणालीका सन्दर्भमा मिश्रित निर्वाचन प्रणाली नै अवलम्बन गरीवर्तमान अन्तरिम संविधानमा भएको ६० प्रतिशत समानुपातिकको सट्टा ४० प्रतिशतमा झार्ने काम गरेको छ । न्याय पालिकाका सन्दर्भमा पनि सङ्घीय न्याय पालिकाको स्पष्ट अवधारणा आउन सकेन । एकातिर १० वर्षसम्मका लागि मात्र संवैधानिक अदालत राख्ने अर्कातिर संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हुने परस्पर विरोधाभाष रहेको छ । यस व्यवस्थाले संवैधानिक अदालत सर्बोच्च अदालतको बेञ्च जस्तो मात्र हुने छ । त्यति मात्र होइन स्थानीय निर्वाचन गराई राज्य पुनर्संरचनाको कामलाई पछाडी धकेल्ने षड्यन्त्रमा पनि यी दलहरू लागेका छन् । यसरी १६ बुँदे सहमति अग्रगामी परिवर्तनको चाहना नभई प्रतिगमनको थालनी हो । यो सहमति अन्तरिम संविधान विपरीत छ । मधेसी, आदिवासी जनजाति, खस, दलित, पिछडावर्ग, अल्पसङ्ख्यक तथा श्रमजीवी वर्गको अधिकार सुनिश्चित गर्नु पर्नेमा उनीहरू आफ्नो सत्तास्वार्थमा केन्द्रित रहेका छन् । संविधान सभा बाहिर गरिएको यो सहमतिलाई अहिले संविधान सभामा प्रवेश गराउने काम भएको छ । गत माघमा काङ्ग्रेस–एमालेले यस्तै गरी नौ बुँदे प्रस्ताव ल्याउँदा एमाओवादी, मधेसवादी, सङ्घीय समाजवादी लगायत विपक्षीले संविधान सभामा अवरोध गरेको थियो । तर अहिले त्यही तरिकाले १६ बुँदे सहमति हुँदा एमाओवादी आपैmँ कार्यान्वयनका लागि अग्रसर भएका छन् ।

यी घट्नाहरूले नेपालमा राजनीतिक दलहरू नेपाली समाजका समस्याहरूलाई सम्बोधन गर्न तथा अग्रगामी परिवर्तन गर्न असफल सावित भइ सकेको पुष्टि गरेको छ । त्यसैले अबदेशमा नयाँ बैकल्पीक राष्ट्रिय शक्तिको आवश्यकता भएको छ । यहि अभिभारा पुरा गर्न मधेसी जन अधिकार फोरम, नेपाल; सङ्घीय समाजवादी पार्टी, नेपाल र खस समाबेसी राष्ट्रिय पार्टीबिच पार्टी एकीकरण गर्ने निर्णय भएको छ । यस पार्टीले सङ्घीय समाजवादलाई आफ्नो मार्ग दर्शक सिद्धान्तको रूपमा आत्मसात गरी देशलाई समृद्धिको दिशामा लाने छ । सङ्घीय शासन प्रणाली भएको समाजवादी व्यवस्थाले केन्द्रमा रहेको शासन सत्तालाई प्रदेश तथा स्थानीय निकायमा बाँडफाँट गर्नुका साथै जनतालाई आर्थिक समृद्धिको दिशामा लिएर जाने छ । जनता राजनीतिकरुपले सत्ताको मालिक भएरमात्र हुदैन, आर्थिकरूपले पनि समृद्धशाली हुनु पर्दछ । सङ्घीय समाजवादले सङ्घीयतालाई उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार, बहुराष्ट्रिय राज्यको प्रवद्र्धन, मुलुकको भौगोलिक अखण्डता र स्वाधिनताका आधारका रूपमा र समाजवादी लोकतन्त्रलाई राजनीतिक–आर्थिक पद्धतिका रूपमा विकास गर्ने छ । यस व्यवस्थामा जनताले राजनीतिक रुपमा स्वतन्त्रता र आर्थिक रुपमा समानताको अनुभव गर्नेछन् । त्यसैले श्रमजीवी वर्ग र उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने नयाँ ढङ्गको राष्ट्रिय चरित्रको पार्टीको रुपमा एउटा क्रान्तिकारी राजनीतिक पार्टीको निर्माण आजको आवश्यकता हो । यस आवश्यकतालाई महसुश गरी ऐतिहासिक मधेस जन विद्रोहबाट आप्mनोे गौरबपूर्ण इतिहास बनाएको मधेसी जन अधिकार फोरम, नेपाल; नेपालको राजनीतिमा उदीयमान सङ्घीय समाजवादी पार्टी, नेपाल तथा खस आन्दोलनको पृष्ठभूमिबाट स्थापित खस समावेशी राष्ट्रिय पार्टीबिच पार्टी एकीकरण गर्ने निर्णय गरेका र्छौ । यसमा सहमति हुने अन्य राजनीतिक शक्तिहरूलाई पनि यस एकीकरण प्रकृयामा सामेल हुन हार्दिक अनुरोध गर्दर्छौ ।

यस एकीकरण घोषणा सभाको समाचार सङ्कलन तथा प्रसारणका लागि निम्न स्थान, मिति र समयमा उपस्थित भई समाचार सङ्कलन तथा प्रसारण गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

स्थान: नेपाः ब्यान्क्वेट, नेवाः प्रदेश, काठमाडौँ ।
मिति: ३० जेष्ठ २०७२ (१३ जुन २०१५)
समय: दिनको ठीक १२ बजे ।

रामसहाय प्रसाद यादव, महासचिव, मधेसी जन अधिकार फोरम, नेपाल

राजेन्द्र प्रसाद श्रेष्ठ, महासचिव, सङ्घीय समाजवादी पार्टी, नेपाल

परशु राम बस्नेत, महासचिव, खस समावेशी राष्ट्रिय पार्टी

मिति: २०७२ जेष्ठ ३०

No comments: